विद्युत प्राधिकरण इनरूवाका कर्मचारी अख्तियारको नियन्त्रणमा
setopati.com · Tue Sep 05 16:38:00 GMT 2023
सुनसरीको सदरमुकाम समेत रहेको इनरूवामा रहेको नेपाल विद्युत प्राधिकरण, इनरूवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मंगलबार नियन्त्रणमा लिएको छ।
प्राधिकरणबाट उद्योगमा विद्युत क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजार रूपैयाँसहित पक्राउ गरेको अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)