मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति

barnanmedia.com · Mon Oct 05 01:29:35 GMT 2026

निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सडकमा राखिएको मालसामानका कारण सडक दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालका तर्फबाट सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

सडक सुरक्षासम्बन्धी छुट्टै कानुन अहिले प्रचलनमा छैन । एकीकृत कानुन निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो । विधेयकले सडक सुरक्षाका लागि तीन वटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)