दसौं राष्ट्रिय खेलकुदको तयारी तिब्र, ११ टिम सहभागी हुने र ३२ खेल खेलाउने निर्णय
kendrabindu.com · Mon Oct 05 01:40:23 GMT 2026
सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद अब निर्धारित मितिमै हुने बताएका छन् । प्रतियोगिता १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुनेछ ।
मन्त्री पोखरेलले पटक–पटक मिति सरेकाले आशंका उत्पन्न हुनु स्वाभाविक भए पनि आइतबार सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकसँगै प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढेको बताए । ‘प्रतियोगिता औपचारिक रूपमा तोकिएकै मितिमा सुरु हुन्छ, यसको उत्साह र तयारी आजैबाट सुरु भएको छ,’ उनले भने, ‘अब दसौं राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले पनि द्विविधा मान्नुपर्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)