मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु, घटनाको अनुसन्धान सुरु

nagariknews.nagariknetwork.com · Mon Jun 08 03:17:38 GMT 2026

रौतहटमा अपरिचित सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।

स्थानीय गढिमाई नगरपालिका–४ सुन्दरपुर स्थित गरुडा–समनपुर सडकखण्डमा अपरिचित सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको हो।

प्रहरीका अनुसार नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा साइकलयात्रीको टाउको नै किचिएर घटनास्थलमै ज्यान गएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटना कति बेला भएको हो भन्ने यकिन हुन सकेको छैन। सोमबार बिहान मर्निङ वाकमा निस्केका स्थानीयवासीहरूले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्कर आचार्यसहितको टोली घटनास्थल पुगेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्नुका साथै ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी भइरहेको जनाएको छ।

मृतकको पहिचान तथा घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)