मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेयर्स फोरमको अध्यक्षमा चिरीबाबु

ekantipur.com · Fri Apr 07 17:02:44 GMT 2023

काठमाडौँ — काठमाडौं उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चुनिएका छन् । काठमाडौं उपत्यकाका महानगरपालिका/नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखहरूको उक्त फोरममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपाध्यक्षमा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी महासचिवमा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी सचिवमा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ सहसचिवमा र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन कोषाध्यक्षमा चयन भएका हुन् ।

फोरमको सदस्यहरूमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र ललितपुर, बूढानीलकण्ठ, गोदावरी, टोखा, भक्तपुर, चाँगुनारायण, महालक्ष्मी, दक्षिणकाली, चन्द्रागिरि, मध्यपुर थिमि, कीर्तिपुर, नागार्जुन, तारकेश्वर, शंकरापुर, सूर्यविनायक, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुखहरू पनि चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)