पोर्चुगल क्वाटरफाइनल पुग्ने पहिलो
barnanmedia.com · Mon Oct 05 02:01:02 GMT 2026
काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिगको क्वाटरफाइन पुग्ने पहिलो टिम बनेको छ र यसक्रममा उसले आइतबार भएको खेलमा नर्वेलाई २–१ ले हराएको छ । योर्गन क्लोपको जर्मनी भने ग्रिसको हातबाट निराशाजनक गोलरहित बराबरीमा रोकिएको छ ।
प्रशिक्षक जोर्गे जेसेससँग विवादबीच क्रिस्टियानो रोनाल्डोले टिम छाडेयता पोर्चुगल लयमा देखिएको छ । उसका लागि गोन्सालो रामोसले ८६ औ मिनेटमा निर्णायक गोल गरे । नर्वेले क्रिस्टोफर आजेरको गोलमा अग्रता लिएयता जो कानसेलोले बराबरी गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)