मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा

barnanmedia.com · Sun Sep 28 22:05:49 GMT 2025

हाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन यो घोषणा उपलब्धिपूर्ण हुने बताउनुभयो ।

“मधेसमा सामुदायिक विद्यालय भनेपछि के पढाइ हुन्छ र ? भन्ने भाष्य बनेको छ,” नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यो घोषणाले मधेसभरिकै लागि एक नयाँ सन्देश प्रवाह हुनेछ ।” उहाँले विद्यालयका सबै कक्षाकोठामा जडित डिजिटल बोर्डको उद्घाटन समेत गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)