विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छनोट
barnanmedia.com · Sun Sep 28 22:10:53 GMT 2025

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट १० कविता छनोट गरेको छ ।
कवि विमल गुरुङ्को ५४औँ जन्मजयन्ती तथा ३४औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयमा प्राप्त एक सय चार कृतिमध्येबाट छानिएका १० उत्कृष्ट कृतिमध्ये एकलाई आगामी कात्तिक १९ गते कवि विमल गुरुङको जन्मजयन्तीका अवसरमा ताम्रपत्रसहित रु दुई लाख नगदसहित सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)