मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

barnanmedia.com · Sun Sep 28 22:07:27 GMT 2025

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९ दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)