मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव, वामदेव र नारायणकाजीले देखाएकाे पदमा पुग्ने अनैतिक बाटाे

shilapatra.com · Fri Sep 02 00:42:33 GMT 2022

गणतन्त्र आएपछि संसदीय राजनीतिमा अनैतिक ढंगले पदमा पुग्ने पहिलाे व्यक्तिको नाम हो– माधवकुमार नेपाल । संविधानसभाको चुनाव २०६४ मा काठमाडौं र रौतहट दुवै स्थानबाट पराजित भएको केही समयमै एमालेका समानुपातिक सांसद सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएर माधव नेपाल जस्केलोबाट संसद् मात्रै छिरेनन्, प्रधानमन्त्रीसमेत बने । समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगमार्फत उनलाई सपनामा पनि नसोचेको पद प्राप्त भयो । त्यसयता समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग निकै बढेर गएको छ ।

निर्वाचनबाट पराजित भएको जिम्मा लिँदै पार्टी महासचिवबाट राजीनामा दिएका माधव नेपाल निर्वाचित व्यक्तिको सांसद पद खोसेर फिल्म शैलीमा प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । समानुपातिक निर्वाचन प्रणालीको हुर्मत लिने पहिलो व्यक्ति नै नेपाल हुन् । उक्त घटना समानुपातिक निर्वाचन प्रणालीको पहिलो कलंक थियो । माधव नेपाल समानुपातिक सांसद हुँदै कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई विषवृक्ष भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)