गगनलाई अमरेशको कटाक्ष– इतिहासको गौरव गाउनु भन्दा सर्वनाशको जिम्मा लिनू !
nepalpress.com · Mon Oct 05 02:41:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई वर्तमान सर्वनाशको जिम्मेवारी लिन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले ‘नयाँ पार्टीका सभापति ज्यू’ भन्दै गगन थापालाई घुमाउरो पाराले कटाक्ष गरेका हुन् । थापाले हिजो नेपाली कांग्रेसको महाधिवेशनमा रास्वपा सभापति लामिछानेलाई जवाफ दिँदै ‘हामीले केही सांसद पनि पठाइदिएका छौँ’ भनेपछि कांग्रेस पृष्ठभूमिका सांसद अमरेशले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)