आज प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने
ajakoartha.com · Mon Jun 08 03:30:00 GMT 2026

काठमाडौं- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक सुरु हुँदै छ । आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)