मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा

baahrakhari.com · Mon Jun 08 03:26:41 GMT 2026

काठमाडौं । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ ।

यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

युवा साहित्यकारलाई दिइँदै आएको ‘मधुपर्क प्रतिभा’ यस वर्ष समालोचक गीता त्रिपाठीलाई प्रदान गरिने मधुपर्कका सम्पादक तुलसीहरि कोइरालाले जानकारी दिए ।

यसअघि मधुपर्क सम्मान प्राप्त गरिसकेका कथाकार ध्रुव सापकोटाको संयोजकत्वमा मधुपर्कका सम्पादक कोइराला र नायब कार्यकारी सम्पादक लक्ष्मी खतिवडासहितको ‘मधुपर्क सम्मान चयन समिति, २०८३’ ले उक्त निर्णय गरेको जनाइएको छ ।

#साहित्यकार

#मधुपर्क सम्मान

#गोरखापत्र संस्थान

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय