विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण
barnanmedia.com · Thu Jul 04 23:04:56 UTC 2024

विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।
महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभित्र वडाका कृषक समूह, कृषि सहकारी र कृषि फार्मलाई रु १९ लाख १० हजार छ सय मूल्य बराबरका कृषिऔजार वितरण गरेको हो । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको जनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)