प्रभु साहको निर्देशनमा आईटी आर्मीको आन्दोलन स्थगित
rajdhanidaily.com · Thu Jul 04 23:09:48 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीद्धारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् । साहको निर्देशन पश्चात आईटी आर्मीले विगत १९ दिनदेखी काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना कार्यक्रम आजैदेखी स्थगित गरेको छ ।
वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका माग गर्दै आईटी आर्मीले विगत १९ दिनदेखि विभाग घेर्दै आएको थियो । यस बीचमा आईटी आर्मीले विभाग अगाडी नै श्रममन्त्री डोलप्रसाद (डिपि) अर्यालको पुतला दहन समेत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)