मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हामीबाट जालझेल केही पनि हुँदैन, एमाले पनि इमानदार बनोस् : महामन्त्री थापा

barnanmedia.com · Thu Jul 04 23:17:09 UTC 2024

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई आफूहरूसँगको गठबन्धनमा बस्दा सजिलो दल हुने बताएका छन्।

बिहीबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू एमालेलाई पूर्ण साथ दिन तयार रहेको तर धेरै हेप्न-पेल्न थाले सह्य नहुने चेतावनी दिए। 'कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी हो। ३३२ पालिकामा मेयर भएको, २६६८ वडामा वडाध्यक्ष, सात प्रदेशमध्ये बहुसंख्यक प्रदेशमा बहुमत बोकेको पार्टी हो नेपाली कांग्रेस,' उनले भने, 'त्यसकारण सत्ता सहकार्य गर्दा कांग्रेसको इज्जत, सम्मान राखेर जानुपर्छ भन्ने कुराको हेक्का हिजो जसरी गिरिजाप्रसादले राख्नुभयो, सुशील कोइरालाले राख्नुभयो आज त्यो हेक्का राख्ने काम केपी शर्मा ओलीको हो।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)