नर्वेलाई हराउदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा
nepalsamaya.com · Mon Oct 05 03:10:04 GMT 2026
काठमाडौं- पोर्चुगलले युरोपेली नेसन्स लिगको समूह ‘ए’ अन्तर्गत नर्वेलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। पोर्चुगलले घरेलु मैदान पोर्तोस्थित ड्रागाओ रंगशालामा नर्वेमाथि पुनरागमन जित निकालेको हो।
खेलमा नर्वेले सुरुआती अग्रता लिए पनि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको थियो। नर्वेका लागि क्रिस्टोफर आयरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जोआओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरेका थिए। दोस्रो हाफमा पोर्चुगलले आक्रमणलाई थप तीव्र बनाएको थियो। खेलको ७९औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि नर्वेले बराबरीका लागि प्रयास गरे पनि पोर्चुगलले अग्रता जोगाउँदै खेल आफ्नो पक्षमा पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)