गृहको त्रुटिपूर्ण निर्णय सच्याउन बारको माग
barnanmedia.com · Sun Sep 28 22:57:41 GMT 2025

नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयलाई उक्त त्रुटिपूर्ण निर्णय सच्याउन माग गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दण्डहीनतालाई प्रश्रय नदिनका लागि तत्काल कदम चाल्न जोडदार माग गर्दै कानुनको शासनको प्रत्याभूति र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि गैरकानुनी कार्यमा संलग्न जोसुकैलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायलाई सचेतसमेत गराउँदछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)