मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोकभोकै स्कुलमा बास

ekantipur.com · Thu Oct 21 01:03:49 GMT 2021

बर्दिया — कर्णालीको तटीय क्षेत्रका बाढीपीडितले दुई दिनयता खान पाएका छैनन् । घर डुबानमा परेपछि स्थानीय विद्यालयमा आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्धालगायत सबै भोकै बस्न बाध्य भएका हुन् ।

राजापुर–३ नंगापुरकी ईश्वरी झाले मंगलबार रातिदेखि घर डुबानमा परेकाले भोकै बस्नुपरेको बताइन् । ‘जेनतेन ज्यान जोगाएका छौं,’ उनले भनिन्, ‘स्थानीय सरकारले खानाका लागि कुनै पहल गरेको छैन, भोकै छौं ।’ गाउँमा मंगलबार दिउँसो कर्णाली नदी पसेको थियो । आश्रय लिएको विद्यालय परिसरमा पनि बाढी पसेकाले उनीहरू त्रसित छन् । झन्डै दुई सय परिवार विद्यालयमा रहेको दौलतपुरका जोगीलाल थारूले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)