टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार
bishowkhabar.com · Mon Jun 29 13:20:31 GMT 2026

काठमाडौं– कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्याउने उद्देश्य राखेको छ ।
यस शोरूमको औपचारिक उद्घाटन हिजो, असार १३ गते शनिबार बिहान ११ः०० बजे सम्पन्न भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दाहरूलाई नयाँ शोरूम अवलोकनका लागि स्वागत गरिएको थियोे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)