आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा
farakdhar.com · Fri Aug 19 00:51:44 GMT 2022
आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा द्वापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)