आजदेखि तीन दिन मनसुन थप सक्रिय हुँदै
kalakarmi.com · Fri Jul 05 00:07:14 UTC 2024

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग÷सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना देखिएको जनाएको छ ।
महाशाखाले बिहीवार साँझ विशेष बुलेटिन प्रकाशित गर्दै आज शुक्रवारदेखि असार २३ गते आइतवारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भिषण वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भिषण वर्षादेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)