मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

nepallive.com · Mon Oct 05 04:06:00 GMT 2026

काठमाडौं । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन् ।

संसद् तथा विभिन्न समितिका बैठकमा सोलुखुम्बुसहित देशका समसामयिक समस्या, विकास र जनसरोकारका विषय निरन्तर उठाउँदै आएका कार्कीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर थप भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी अघि बढाउन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)