चोलेन्द्रसँगको सम्पर्कको अनुसन्धानपछि दीपक भट्टको जेल सरुवा, भित्री कारणबारे यस्तो खुलासा
barnanmedia.com · Mon Oct 05 04:02:24 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्कमा रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि उनको सरुवा गरिएको बताइएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार शनिबार साँझ भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक पठाइएको हो। भट्टलाई सरुवा गरिएको विषयलाई सामान्य प्रशासनिक प्रक्रियाभन्दा पनि पछिल्लो अनुसन्धानसँग जोडेर हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)