एसियाली खेलकुदमा चीनले जित्यो १ सय ६९ स्वर्णसहित ३ सय ४१ पदक, नेपाल २ कास्यमा सीमित
deshsanchar.com · Mon Oct 05 03:30:06 GMT 2026
जापानको नागोया सहरमा १६ दिन चलेको एसियाली खेलकुदमा कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ गरिएको छ। चार वर्षपछि २१ औं संस्करण कतारको दोहामा आयोजना हुनेछ। २०औं एसियाली खेलकुदको आयोजक जापानले कतारलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। झन्डा ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)