मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने

nepalnews.com · Mon Oct 05 04:27:12 GMT 2026

बागमती। वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका-६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।

वर्षाको समयमा उक्त सडक खण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुन सकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)