रेलिङमा ठोक्कियो मोटरसाइकल,१८ वर्षीय युवकको मृत्यु
barnanmedia.com · Mon Oct 05 04:38:24 GMT 2026

मोरङको बूढीगंगा गाउँपालिका–२ मा सोमबार बिहान दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत नेपाल फ्युल सेन्टरअगाडि बिहान करिब ६ बजेतिर दुर्घटना भएको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काटिरहेका साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)