भक्तपुरको कवाडी गोदाममा आगलागी हुँदा करिब ५० लाख क्षति
ratopati.com · Mon Oct 05 05:10:09 GMT 2026

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर–८ मा रहेको कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे ६ बजेतिर सुरु भएको आगो दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले रातोपाटीलाई बताए ।
आगलागीबाट कपाली टोलमा रहेको बिके सप्लायर्स नामको कवाडी गोदाममा करिब ३० लाख बराबरको क्षति भएको आकलन गरिएको छ । सो सप्लायर्ससँगै जोडिएको दिनेश मचामसीको घरको ट्रस्टको संरचना पनि जलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)