वन अधिकृतविरुद्ध सात करोडको भ्रष्टाचार मुद्दा
nepalghatana.com · Wed Jan 05 16:08:27 GMT 2022
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृतले करिब सात करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको छ। सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेम राज विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा छ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार विष्टले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति गरी श्रीमती रुबी जिसी विष्टको नाममा घरजग्गा तथा बैंक खातामा राखेको भेटिएको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)