सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
ratopati.com · Mon Jun 08 03:49:13 GMT 2026

सिन्धुली। सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र-२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादका बिच औपचारिक रूपमा जारी गरिएको छ।
उक्त श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्या-पर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)