झाडी बगैँचा बनाउने अभियान
gorkhapatraonline.com · Mon Jun 08 03:47:57 GMT 2026

पूर्वी नेपालको जैविक विविधताको महìवपूर्ण आधार मानिने चारकोसे झाडी क्षेत्रमा वन्यजन्तुको संरक्षण, प्राकृतिक वासस्थानको व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘वनलाई बगैँचा बनाऔँ’ अभियानले संरक्षण क्षेत्रमा नयाँ आशा जगाएको छ ।
छ वर्षअघि इटहरीका सामाजिक अभियन्ता धु्रवराज घिमिरेले निजी पहल र व्यक्तिगत लगानीबाट सुरु गरेको यो अभियान अहिले सङ्घीय सरकारका मन्त्री, सांसद, वन प्रशासन, संरक्षणकर्मी तथा स्थानीय समुदायको चासोको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
प्रतिनिधि सभा