दिल्लीका स्वास्थ्यमन्त्री थुनामा
ekantipur.com · Tue May 31 16:22:58 GMT 2022
नयाँदिल्ली — आर्थिक अपचलनको आरोपमा पक्राउ परेका भारतीय राज्य दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अदालतले थुनामा पठाएको छ । राजस्वसम्बन्धी एक अदालतले उनलाई ९ जुनसम्म हिरासतमा राख्ने आदेश दिएको हो ।
केन्द्र सरकार मातहतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई सोमबार पक्राउ गरेको थियो । उनीमाथि सन् २०१५ को फेब्रुअरीदेखि २०१७ सम्म गैरकानुनी रूपमा सम्पत्ति जोडेको आरोप छ । सीबीआईले सन् २०१८ मै उनीविरुद्ध मुद्दा पेस गरेको थियो । त्यही मुद्दामा कर र राजस्व छली वा अवधै सम्पत्तिलगायत विषयमा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालयले जैनलाई पक्राउ गरेको हो । निर्देशनालयले अनुसन्धानका लागि उनलाई १४ दिन थुनामा राख्नुपर्ने अदालतसँग माग राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)