मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

Amlekhgunj Depot Operates Fully Automated System, Reducing Loading Time

english.ratopati.com · Mon Oct 05 05:46:45 GMT 2026

बारा । वीरगञ्जका मोतिलाल यादव पेट्रोलियम ट्याङ्कर चालक हुन् । उनले बरौनी–काठमाडौँ र अमलेखगञ्ज–काठमाडौँ ट्याङ्कर चलाउन थालेको ३० वर्ष भयो । उनी यसअघि डिजेल, पेट्रोलको लोड लिन एकाबिहानै वीरगञ्जबाट अमलेखगञ्ज डिपो आइपुग्थे । घण्टौँ लाइनमा बसेपछि बल्ल पालो आउँथ्यो ।

पुर्जी लिएपछि पनि ट्याङ्कर भर्न एकदेखि डेढ घण्टा लाग्थ्यो । निगमका कर्मचारी बसेर ढक्कन खोल्नुपर्ने बाध्यता थियो । यसअघि निगमका कर्मचारी नै खटेर ट्याङ्करमा इन्धन भर्ने, इन्धनको मापन गर्ने, पटक–पटक नापजाँच गर्ने, ट्याङ्करको ढकनी खोल्ने, बन्द गर्नेजस्ता काम हुन्थ्यो । अति प्रज्वलनशील पदार्थ भएकाले आगलागीको र पेट्रोलियम पदार्थ चुहावटको पनि त्यतिकै जोखिम थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (english.ratopati.com)