सुस्ता बचाउन दीर्घकालीन तटबन्ध र बहुवर्षीय बजेट माग
gorkhapatraonline.com · Mon Oct 05 05:53:52 GMT 2026

नारायणी नदीको कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जोखिममा परेको छ। सुस्तालाई जोगाउन आपत्कालीन उद्धार र अस्थायी तटबन्ध मात्र पर्याप्त नभएकाले दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ।
ऐतिहासिक भूभाग सुस्तामा हाल करिब ३३० घरधुरीका तीन हजारभन्दा बढी बासिन्दा बसोबास गर्दै आएका छन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार हालसम्म गरिएका आपत्कालीन बाढी नियन्त्रणका कामले अस्थायी राहत दिए पनि नदीको कटान रोक्न दीर्घकालीन योजना अनिवार्य बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)