चुनावअघि भोट तान्न ट्रम्पको गज्जबको आइडिया, २ करोडभन्दा बढी ज्येष्ठ नागरिकलाई ९० डलर दिने घोषणा !
barnanmedia.com · Mon Oct 05 05:41:55 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौँ ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ९० डलरको एकपटकको आर्थिक सहायता दिने योजना घोषणा गरेको छ। यो रकम अमेरिकाको सरकारी स्वास्थ्य बीमा कार्यक्रम Medicare Part B मा आबद्ध योग्य नागरिकलाई स्वास्थ्य बीमा खर्चमा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराइने बताइएको छ।
Medicare भनेको अमेरिकाको ज्येष्ठ नागरिक तथा केही विशेष अवस्थाका नागरिकका लागि सञ्चालन हुने सरकारी स्वास्थ्य बीमा कार्यक्रम हो। यसअन्तर्गत Part B ले मुख्य रूपमा डाक्टरको सेवा, बाहिरी उपचार (outpatient care), स्वास्थ्य परीक्षण र आवश्यक चिकित्सा सेवाको खर्चमा सहयोग गर्छ। यो योजनाबाट Medicare Part B मा आबद्ध करिब २ करोडभन्दा बढी (२०.८ मिलियन) योग्य नागरिक लाभान्वित हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)