दशौँ राष्ट्रिय खेलकुद : कुन खेल कहाँ खेलाइँदैछ ?
ratopati.com · Mon Oct 05 05:56:33 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थलको टुंगो लगाइएको छ ।
मूल आयोजक समितिको बैठकमा पेस गरिएको खेल तथा खेलस्थलसम्बन्धी विवरणअनुसार प्रतियोगिताका ३२ खेल विधामध्ये २० खेल पूर्णरूपमा सुर्खेतमा सञ्चालन हुनेछन् । चार खेल भने सुर्खेतसँगै कर्णालीका अन्य जिल्ला वा नेपालगन्जमा सञ्चालन हुनेछन्। बाँकी आठ खेल सुर्खेतबाहिर सञ्चालन गर्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)