मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व-पश्चिम रेलमार्गका नाममा नागरिकको जग्गा ६ वर्षदेखि ‘बन्धक’, ४ हजार बढी परिवार प्रभावित

nepalpress.com · Mon Oct 05 06:03:44 GMT 2026

विराटनगर । पू र्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि ६ वर्षअघि रोक्का गरिएको जग्गा अझै फुकुवा नहुँदा झापा, मोरङ र सुनसरीका ४ हजारभन्दा बढी परिवार गम्भीर समस्यामा परेका छन्। सरकारले रेलमार्ग निर्माणको नाममा निजी सम्पत्तिमा प्रतिबन्ध लगाएपछि स्थानीयले आफ्नै नम्बरी जग्गा किनबेच गर्न, अंशबण्डा गर्न तथा बैंकमा धितो राखेर ऋण लिनसमेत पाएका छैनन् ।

सरकारले कहिले रेलमार्ग बनाउने त कहिले नबनाउने भन्दै दोधारे नीति लिँदा जग्गाधनीहरू मारमा परेको सुनसरीका सुशील साह बताउँछन्। उनको १८ कट्ठा जग्गा ६ वर्षदेखि रोक्का राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)