बेलायतमा लेबर पार्टी जिततर्फ अग्रसर, किएर स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने
nepallive.com · Fri Jul 05 02:22:17 UTC 2024

एजेन्सी–बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने निश्चित भएको छ । हालै भएको निर्वाचनमा बहुमततर्फ अग्रसर भएपछि लेबरको सत्ता पुनरागमन निश्चित भएको हो।
हालसम्म घोषित परिणामअनुसार लेबर पार्टीले ६० सिट जितिसकेको छ । एग्जिट पोलहरुले लेबर पार्टीलाई ४ सय १० स्थान हासिल हुन सक्ने देखाएका छन्। सत्तारुढ ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टी भने जम्मा १ सय ३१ स्थानमा सीमित हुने अनुमान गरिएको छ ।
लेबरको जितसँगै नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। स्टार्मरले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिएका छन् ।
६१ वर्षीय स्टार्मर सन् २०२० को अप्रिलमा लेबरका नेता चुनिएका थिए । त्यसअघि जेरेमी कोर्बिनले नेतृत्व लिएका थिए । नेता चयन हुँदा स्टार्मरले भनेका थिए, ‘यस महान पार्टीलाई नयाँ आशा र विश्वासका साथ नयाँ युगतर्फ अघि बढाउनेछु ।’
यसअघि सन् २०१० मा लेबर पार्टीले जित्दा डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
०८:०७
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)