दशौँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा मूल आयोजक समितिको सचिवालय स्थापना
ratopati.com · Mon Oct 05 06:11:49 GMT 2026
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयबाट प्रतियोगिताको तयारी, विभिन्न समितिबीचको समन्वय, खेलस्थल व्यवस्थापन, खेलाडी तथा पदाधिकारीको आवास, यातायात लगायतका कामलाई एकीकृत रूपमा अघि बढाइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)