मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविको समस्या समाधान गर्न निर्देशन

gorkhapatraonline.com · Tue Aug 30 01:01:39 GMT 2022

काठमाडौँ, भदौ १४ गते । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको र आन्दोलनकारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको विषयमा सांसदहरूले धारणा राख्नुभएको थियो। विश्वविद्यालय धराशयी भएको भन्ने विषयमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले सरकारलाई दिनुभएको निर्देशनमा भनिएको छ, “यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)