मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जमिन फाटेपछि ८० घर जोखिममा, बस्ती स्थानान्तरणको पर्खाइमा

gorkhapatraonline.com · Mon Oct 05 06:26:16 GMT 2026

मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेमा जमिन फाट्ने र भासिने क्रम बढेपछि ८० भन्दा बढी घर जोखिममा परेका छन् । असोज ११ गतेदेखि जमिन चिरिन थालेपछि घर, गोठ, खेतबारी तथा सडकमा क्षति पुगेको छ । केही घरमा बस्नै नमिल्ने अवस्था भएपछि प्रभावित परिवार सुरक्षित स्थानमा स्थानान्तरणको पर्खाइमा छन् ।

ज्यामिरेको छतिवन मोरङेधापदेखि फैलिएको करिब दुई वर्ग किलोमिटर क्षेत्रमा जमिन फाट्ने र भासिने क्रम देखिएको स्थानीयले बताएका छन् । कतिपय स्थानमा जमिन करिब १२ फिटसम्म भासिएको छ । जमिन भासिएसँगै सडकसमेत तल धसिएको छ भने घर चर्किने र ढल्किने समस्या देखिएको छ । स्थानीयका अनुसार यस क्षेत्रमा यसअघि पनि विसं २०५८ र २०६३ मा जमिन फाट्ने तथा भूक्षयको समस्या देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)