दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी
ratopati.com
जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले यस्तो दाबी गरेको हो ।
जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिकामध्ये दुईवटा नगरपालिकाको प्रमुख पद जसपा नेपालले चाहेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने उनको भनाइ छ । यद्यपि वीरगञ्ज महानगरको प्रमुख पद कुनै पनि हालतमा नछाड्ने बरु अर्को महानगरपालिकाको हकमा जसपा नेपाललाई प्रमुख पद दिए पनि नदिए पनि फरक नपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)