नवनियुक्त तीन मन्त्रीहरूको शपथ आज
baahrakhari.com · Thu May 04 00:43:00 GMT 2023
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)