हुथीविरुद्ध निर्णायक सैन्य अभियान सञ्चालन गर्ने यमन सरकारको घोषणा
reportersnepal.com · Mon Oct 05 06:40:02 GMT 2026

यमन,१९ असोज । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेको छ। हुथी विद्रोहीहरूले दक्षिणपश्चिमी यमनको महत्वपूर्ण सहर ताइजको बाहिरी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो।
राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशद अल–अलिमीले साउदी अरबबाट सम्बोधन गर्दै हुथीहरूको नियन्त्रणमा रहेका बाँकी भूभाग फिर्ता लिन सैन्य अभियान सञ्चालन गरिने जानकारी दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायसँग यमन सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)