कांग्रेसको पदाधिकारीमा थपियो वरिष्ठ उपसभापति पद
ratopati.com · Mon Oct 05 06:42:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ । यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश गरिएको थियो ।
१५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारी संख्या बढाउनुका साथै वरिष्ठ उपसभापति पदसमेत थप्ने तयारी गरेको हो । महाधिवेशनको बन्दसत्रले पारित गरेपछि यो व्यवस्था लागु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)