रसुवा बाढीबाट आमाबुवा गुमाएका अधिकांश बालबालिका आफन्त र नातेदारको संरक्षणमा
rajdhanidaily.com · Mon Oct 05 06:41:58 GMT 2026

रसुवा । भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ । बालबालिकालाई आफन्तबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाबाट निरन्तर आवाज उठेपछि महिला, बालबालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र उत्तरगया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारको संरक्षणमा रहने गरी जिम्मा लगाइएको हो ।
राष्ट्रिय बाल अधिकार परिषद्बाट खटिएका अधिकृत बद्रीप्रसाद वाग्लेका अनुसार बालबालिका तथा उनीहरूलाई संरक्षणमा लिन चाहने परिवारको विस्तृत मनोसामाजिक लेखाजोखा तथा उत्तरगया गाउँपालिका–१ को वडा कार्यालयबाट नाता प्रमाणित भएको कागजातका आधारमा बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)