सोरु गाउँपालिकामा अनियमितता, बेरुजु ६१ करोडभन्दा बढी
gorkhapatraonline.com · Mon Jun 08 03:51:16 GMT 2026

मुगुको सोरु गाउँपालिकामा कर्मचारी तथा जनप्रतिनिधिबाट आर्थिक अनियमितता र वित्तीय बेथितिका घटनाहरू सार्वजनिक भएका छन्। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले गाउँपालिकामा वर्षौंदेखि आर्थिक अनुशासन कमजोर रहेको र बेरुजु रकम निरन्तर बढ्दै गएको औँल्याएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सोरु गाउँपालिकाको कुल बेरुजु रकम ६१ करोड २२ लाख ५२ हजार रुपियाँ पुगेको छ। यसमध्ये एक करोड ८४ लाख ६९ हजार ७८४ रुपियाँ असुलउपर गर्नुपर्ने र तीन करोड ५७ लाख ३० हजार १९८ रुपियाँ अनियमित खर्च भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)