नुवाकोटको बट्टारमा राति १० बजे एमालेको सभा
lokaantar.com · Sat Dec 09 16:44:30 GMT 2023
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तरगत शनिबार राति नुवाकोटको बट्टारमा सभा गरिएको छ । राति १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका हुन् ।
चिसो मौसम र राति भएपनि जिल्लाका गाउँगाउँबाट आएका कार्यकर्ताहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो । गोरखा हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु बट्टार पुग्न ढिला भएका कारण ढिला गरी सभा आयोजना भएको एमाले नुवाकोटले जनाएको छ । आइतबार तय भएको कार्यक्रम प्रभावित हुन नदिन राति नै भएपनि सभा गरेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)