दशौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन
baahrakhari.com · Mon Oct 05 06:49:56 GMT 2026
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार (असोज १९) उक्त सचिवालयको उद्घाटन गरेका छन् ।
सचिवालय सञ्चालनमा ल्याइएसँगै आउँदो मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिने तयारी गरिएको छ । खेलस्थल, खेलाडी तथा पदाधिकारीको आवास, यातायात, सुरक्षा र स्वास्थ्यलगायत व्यवस्थापन सचिवालयमार्फत समन्वय गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)