बाढीले किताब बगाएपछि विद्यार्थीको पढाइ अन्योलमा
bishowkhabar.com · Mon Oct 05 06:57:40 GMT 2026

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले घरबारसँगै कापी–किताब, विद्यालय पोसाक र झोला बगाएपछि पर्वतको जलजला गाउँपालिका–७, फर्सेस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थीको पढाइ अन्योलमा परेको छ ।
बाढीबाट विस्थापित स्थानीयले राहतस्वरूप चामल, तरकारी, नुन, तेल, लत्ताकपडा र पाल पाए पनि विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री भने अझै पुगेको छैन । बाढीमा शिव माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० विद्यार्थीका कापी, कलम, किताब, झोला र विद्यालय पोसाक बगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)